सुरज गिरी

हिजोको पुरुष मात्र म आजबाट साँच्चै ,
पुरुषोत्तम बन्न चाहान्छु,
नारीको अनुभुती गर्न चाहान्छु,
बन्छ भने देश ,सुखी र सुन्दर।
नारीको नेतृत्व नारीले मात्र किन?
आजबाट,
म भित्रको मैले लिन चाहान्छुँ।

देशले महिला रास्ट्रपति पायो ,
प्रधनन्यायधीश पायो,
सांसद पायो, उपप्रमुख पायो,
वडा सदस्य पायो।
अझैपनी कैयौं आमाका आँखाहरुमा
“असार ” लागिरहेछ,
कयौं दिदीबहिनीको जीवनमा सधै
हुरीको महिना चलिरहेछ।
साँच्चै म असारमा छाता,
हुरीमा बलियो खम्बा बन्न चाहान्छु।
नारीको नेतृत्व नारीले मात्र किन?
आजबाट ,
म भित्रको मैले लिन चाहान्छुँ।

 

साँच्चिकै म नारीभित्रको नारामा अडिएको
हलो थिएँ,
अहिले टेक्टर भएको छु,
मेरो अनौ, फाली निस्किएर हलोबाट टाढा भएको छन,
हलो नाराबाट बाहिरिएको छ,
हाम्रो संगम बिछोड भएको छ।
अब, फेरि पुरानै फाली र अनौसितको नारामा
अडिएको हलो बन्न चाहान्छु,
नारीको नेतृत्व नारीले मात्र किन?
आजबाट,
म भित्रको मैले लिन चाहन्छु।

वर्तमान यसरी चल्दै छ,
साना कोपिलाहरु कोपिलामै ओइलिएका छन,
सुन्दर गुलाबका तिखा काँडा हरुपनी हार मानेर,
भुत्ते भएका छन,
बगैचाको माली ,आज जबर्जस्ति बगैचाको
मालिक बन्दैछन।
अब ,फेरि माली लाई माली बनाउन चाहान्छु
नारीको नेतृत्व नारीले मात्र किन ?
आजबाट ,
म भित्रको मैले लिन चाहन्छु।

म साँझमा कसैकालागि हराउँदा ,
घरमा मेरी बहिनी हराएकी छ,
बहिनी रुँदा ,कराउँदा, चिच्च्याउँदा
उसको आवाज सुन्ने कोहि थिएन ।
एउटा माटे भित्तो बाहेक ।
आज म मोहन छु ,बोल्न सकेको छैन,
कसैको अपराधी म !
बहिनीको लागि न्याय खोजिरहँदा,
म आफैलाई मुर्दा भेटाउँछु ,
म अझै चुप छु,
तर उसको क्रन्दन ,त्यही भित्तो बोलिरहेछ,
हो आजबाट ,म त्यही भित्तो बन्न चाहान्छु,
नारीको नेतृत्व नारीले मात्र किन?
आजबाट,
म भित्रको मैले लिन चाहान्छु।

नारी पर्व नारीले मात्र मनाउंदा,
पुरुषले नारीहरुको व्यथा सुन्न कसरी सक्ला?
अब एक्कल होइन ।
मिलेर पर्व मनाउं ,”नारी दिवस ” मनाउँ
तर नारी दिवसमा पुरुषको सहभागिता दिवस
मनाउँ,
पुरुष र नारी दुबैलाई
एक सिक्काको दुई पाटा बनाउँ,
साँच्चै म नारीको पीडा दुर गर्न चाहान्छु,
उनीहरुको हामीप्रतिको गुनासो सुन्न चाहान्छु,
उनीहरु फुल भए म गमला बन्न चाहान्छु,
नारीको नेतृत्व नारीले मात्र किन?
आजबाट,
म भित्रको मैले लिन चाहान्छु।

निसिखोला ०५, बाग्लुङ )