कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ,
हिजो भर्खर कैयोँ निर्मलाहरुको विभत्स हत्या भएको छ,
हिजो भर्खर सुत्केरीहरुको मृत्यु भएको छ,
हिजो भर्खर नन्द प्रसादहरुको अनसन सुरु भएको छ,
हिजो भर्खर मुस्कानहरु माथि एसिड फालिएको छ,
हिजो भर्खर छुवाछुतका नाममा दमन भएको छ,
कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ !
कामरेड ! तिमी कताकता एक्लै हिंड्दा डर लाग्छ,
आउँछन् मानसपटलमा ती निर्मलाहरु, मुस्कानहरु,
बन्द गर्देऊ तिमी तिम्रा भविष्यका सपना मलाई सुनाउन,
आउँछन् मानसपटलमा ती सुत्केरीहरुका तुहिएका सपनाहरु,
आत्तिन्छु तिमीले कल्पिदै गरेका सुन्दर सपना कतै तुहिने हो कि भनेर,
र आफैँलाई ऐनामा हेर्छु अनि देख्छु नन्द प्रसादहरुको रुप,
कामरेड ! तिमीलाई म कसरी शुभकामना दिउँ ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला