साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

उफ्, कोरोना !

कविता

सारा मानव मस्तिष्कलाई पारी खलबली
सानो त्यो जीव उडी पुग्छ छुन हजारौँ श्वासका नली
नदेखिने आँखाले, न त छुनै सकिने,

बग्दछ हावासरी संसारलाई त्रासमा पारी
नछोडी बालक, वृद्ध न त तन्नेरी
सबैलाई संक्रमित पारी,

छक्क छन् सबै देखेर यसको तुजुक र गर्मी
कसैलाई भने आच्छु आच्छु पार्ने
१०५ डिग्री ज्वरो आई, आइसियूमा राख्नुपर्ने
कोहीलाई भने लक्षण नै देखा नपर्ने,

bahulako diary small and inside post

सलहझैँ फैलिएर, पश्चिमा मुलुकलाई हम्मेहम्मे पारी
तीन लाख भन्दा बढीको ज्यान लिई,
अझै उडी हिँड्दै यो हावा सरी
लाखौँलाई भोकमरीको घेरामा पारी

सम्बन्धित पोस्टहरु

अनवरत

अस्मिता

व्यग्रता

को हुन् आमा?

आयो वुहान सहरबाट उडी बतास सरी
पस्न मानव शरीरभित्र जोखाना हेरी
न त यसलाई प्रवेशाज्ञा नै चाहिने न कुनै अवागमन पत्र

कैयौँ वैज्ञानिक, स्वास्थ्यकर्मी लागिपरेका छन् बनाउन
यसलाई सदाको लागि खतम पार्ने अस्त्र
अचूक प्रभावकारी शस्त्र।

विराटनगर

प्रतिक्रिया
Loading...