गंगा भण्डारी
पिङ्ग्वा खोला सलल,
ह्यातुङ्ग झरना झरर
तीन्जुरेको डाँडा माथि,
हावा सरर।
हा हा हावा सरर, लैलै हावा सरर
देखेँ साथी डुबेको, लाली गुराँस फूलेको,
घुम्न जान मलाई पनि
लाग्यो रहर।
लाग्यो रहर हजुर लाग्यो रहर
पिङ्ग्वा खोला सलल
ह्यातुङ्ग झर्ना झरर
पहाडका डाँडा खोल्सा, गाडी गडड
हा हा हा गाडी गडड लैलै गाडी गडड
बाढी खोलो बढेको, ढुङ्गे पैरो झरेको
हेर्दा हेर्दै गाडी फसेको
हा हा गाडी फसेको हजुर गाडी फसेको
यात्रु धेरै बसेको, बाटो तल खसेको
त्रासै त्रासले जीवन काटेको
हा हा जीवन काटेको लै लै जीवन काटेको
जटिलता त्यो झलक्क, हिमाल चुली टलक्क
तीन्जुरेको पाखा खोच, गुराँस झपक्क
गुराँस झपक्क, हजुर गुराँस झपक्क
आँखाभित्र त्यै गाऊको छाया झलक्क
घुम्न जान मलाई पनि लाग्यो रहर
तीन्जुरेको डाँडा माथि, हावा सरर ।
बेलायत
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला