
तेजश शर्मा
बक्खु लगाएर
ग्याम बुट ठस्काएर
छाता ओडेर
आइफोन 11 प्रोबाट
लाइभ गर्दै
हिउँमा हिँड्नु कहाँ अनौठो भो र जनाब ?
खारोले फुटेका कुर्कुच्चा
चप्पल बिनाका पैताला
फाटेको अस्कट
एकसरो आणडो
पहिरिएर
हिउँ परेको रात
ओड्ने कपडा नपाएर
घरका जहान खप्टिएर सुत्दै
हिउँ कहिले नपरोस् भनी दुवा गर्ने
ती हिउँपीडितलाई
सोधी त हेर ssss
हिउँको कहालीलाग्दो
समाजशास्त्र कस्तो हुन्छ?



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२७ कार्तिक २०८२, बिहीबार 





