आँखाका ती अनगिन्ती स्वप्नहरुका रहर
छम्छम् नाच्दै अनि मुस्कुराउँदै व्यक्त गर्न कठिन ती भावहरूको प्रहर
नसोध तिमी ती सपनामा के के सजिएका छन् भनी
हराउँदै आज यी मानिसहरुका भीडमा
विलिन मेरा गन्तव्य पनि
मलम लगाउँदै छु दुखेका घाउहरूमा
नसम्झाउन हो साथी,
कठै ! असीमित सपनामा छताछुल्ल भएका मेरा भविष्यका पानाहरुमा
हाँसोको पात्र नबनाऊ मलाई
जसोतसो आफ्नो हृदयलाई काबुमा राख्दै
हाँसी खुशी बाँच्ने जमर्को कस्दै
जिन्दगीलाई बगैंचाको फूल सम्झी
कटाउँदै छु आज भोलि कुनै भूल नसम्झी यी दिन
देख्दिनँ भो सपना आज भोलि आकाश छुने रहर
कैयौँ लक्ष्यलाई पर सारी, सामान्य जीवन
गुजारी रहेको मनुष्य हुँ एक कुनाको शहर
विपत्तिको अवस्थामा अनि संकष्टको त्यो ओझेलमा पनि
निर्दयी हृदय अनि असहयोगी हातहरुका छैन कुनै कमी
त्यसैले,
गन्तव्यबाट टाढा हुँदै
जिन्दगीलाई आत्मसाथ ग्रहण गर्दै
सिक्दैछु भविष्यका चुनौतीलाई सामना गर्न
सहज रुपमा आफ्नो जीवन निर्वाह गर्न ।
शंकर देव क्याम्पस
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।