सदियौँदेखिको भार बोकेर
आज कवि त भोलि कथाकार भएर जिउन खोज्नेले
ठुला-ठुला नेता अनि पत्रकारका कुरा बुझ्न खोज्नेले
अक्षरहरूमा मर्म खोज्नेले
के के दिन सक्छ तिमीलाई?
के लान सक्छ तिमीबाट?
सुस्केराहरूले बाटो पहिल्याउँदै आवाज बन्न खोज्नेले
बाहिरबाट नियालेर भित्री आत्मा खोज्नेले
के देख्न सक्दछ तिमीमा?
मानिसहरूमा अरु के के भेट्न सक्छ?
भैदिए कस्तो हुन्थ्यो जिन्दगी चरा जस्तो
सिकदा पनि एक्कैचोटि उड्न सिके जस्तो?
तर यहाँ त आजकाल भन्दा पनि नभनौँ जस्तो !
पढ्दा पनि नपढौँ जस्तो !
दार्शनिकहरूले विगतदेखि बुझेको संसार हेर्नेले
स्तम्भ बनाउनेहरूको वर्तमान हेर्नेले
आजकाल के चाहिँ बुझ्न सक्ला र खै
यहाँ भौतिकवादको नारा सुन्नाले?
केवल भौतिकवादको नाराले मानिसको मानिस भएको सार
कुनै प्राचीन लोकको दन्त्यकथा जस्तो भएको छ
केवल सुनिने र पढिने तर महसुस भने कम हुने ।
सुशान्त थापा
विराटनगर, नेपाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।