तीलक पोखरेल

परबाट
पौडिदैँ आएको सपनालाई
आसाको मालासमाएर
छातीको प्रवेशद्वारमा
स्वागत गर्दै थिएँ ।

छेउमा पुग्दा वरपर घुमेर
मलाई अध्ययन गर्दै रह्यो
निरीक्षण गर्दागर्दै
छेउमा पुग्न सकेन … ।

मेरो बिम्बको भूमिका खोल्दै
मेरो छायाप्रति समीक्षा गर्दै
ऊ आफैँ विचलित भइरहँदा
मबाट पसिनाका थोपा
उम्लिरहन स्वभाविक होइन र…. ?

क्षणीक भेटघाटपश्चात
सम्बोधन नगरी
ऊ फर्केर गयो
मबाट ….

मलाई लाग्छ,
मेरो बिम्ब र ऊ
केही वार्तालाप गरे …

के भयो संवादमा
यसको विचारमा उढ्दा उढ्दै
घामले पनि बिदा माग्याे
त्यस्तै,
मेरो बिम्बले पनि

म धड्कनमा निस्सासिएर
टोल्लाइरहेको थिएँ ।