कुञ्जदेवी उपाध्याय (असम)

 

मानिस सभ्य भनेर भन्नु कसरि सारै बिपद छ यहाँ,

छोरी जन्मे भनेर स्वास्नी कन लौ कुटपिट गर्छन् जहाँ ।

छ सम्पत्ति भने पुरुषहरु यहाँ दोस्रो बिहे गर्दछन्,

राजनीतीक हरूको त के कुरा गरौँ यस्ता अरू धेर छन् ।

 

छोरो हो कुलको उद्धार गर्ने भन्ने सबै ठान्दछन्

त्यसैले अझसम्म छोरीहरूलाई बोझ हो भनि भन्दछन् ।

दोष दिन्छौं किन नारीलाई यसरी हो मुर्खता जानिल्यौं,

रोपे धान कहाँ लौ फल्दछ मकै यो सत्य हो मानि ल्यौ ।

 

आमा बाबुसखी दिदी बहिनी सब छोडेर आइकन,

गर्छिन्नारी सब काम नयाँ घरमा जानि नजानिकन ।

गल्ति केही भए सिकाइ दिनु मैं हित हुन्छ सबको

जबहुन्न गालि गरेर केही फल लौ सद्भावना घट्दछ ।

 

छोरी हुन गृहकी त्यो सुन्दर फूल झैं तिन्को अनादर किन,

बुहारीहरूमा छ प्रेम जुन घरमा सुख बस्छ त्यही सुन ।