उमेश जंग रायमाझी
धन्न तिमीले गोली चलायौ र बाँच्यौँ
आदेश चलाएर जेल कोचेको भए उहिल्यै मरिसक्थ्यौँ
तिमीले सदाका लागि मार्ने निर्णय गर्यौ
र, हामी सदाका लागि जीवित भयौँ
ती सिफलका रुखले एक वीरको साहस देख्न पाए
हामीले युगौँयुग शिर ठाडो पारेर बस्न पायौँ
बाँच्नु र मर्नुको भेद छुट्याउन सक्ने
चेतनाको दीप सल्कायौ र यो बलिरहेछ
अन्ततः बाँच्ने सौभाग्य अन्ततः मर्न पनि तयार हुनेकै हुनेरहेछ
स्वतन्त्रताको लागि उठेका आवाज दबाउन
डोरी र गोली नचलाएर कलम चलाएको भए
हामी उहिल्यै मर्ने रहेछौँ जस्तो तिम्रा पुर्खा
सबैलाई सम्मानपूर्वक बाँच्न सक्ने व्यवस्थाका लागि बोल्दा
गोलीको आवाजले चेतनाको आवाज नदब्ने हेक्का गरेनौ
व्यक्ति मारे विचार मारिन्छ भन्ने तिम्रो बुझाई
हामीलाई बचायो नत्र भुलिसक्थे आफ्नै पुस्ताले
जसरी तिमीले आफ्नो पुस्तालाई भुल्यौ
हामी सहिद भएर सदाका लागि बाँच्यौँ
तिमी केही वर्ष बाँचेर सदाका लागि मर्यौ
प्रजातन्त्र लोकतन्त्र हुँदै देश गणतन्त्रमा छ
अब त शासनको स्वरुप फेरिएको छ,
र, शायद अब जनताको जीवन पनि फेरिएला
प्रजातन्त्रमा मूर्ति बेचेर मन्दिर बनाउने
संस्कार मात्र छाडिदिए पुग्थ्यो !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।