प्रशुराम अधिकारी

प्रशुराम अधिकारी

प्रिय, मेरा लागि तिमी सुन्दर छौँ
जीवन यात्राका कठ्याग्रिने अनेकौँ आरोह अवरोहमा पनि
अलिकति नहतासिएकी तिमी
मेरो प्रेममा कति सुन्दर देखिएकी
खै कसरी वयान गरुँ
तिम्रो मनमोहकता
तिम्रो त्यो मुस्कानमय अदा
हेरौँ, हेरिरहौँ
रमाऊँ, रमाइरहौँ
र त्यसैमा हराऊँ, हराइरहौँ झैँ लाग्ने

आखिर भेटिनु नै रैछ
जीवनको आधाआधी गोरेटोमा
प्रेममय मिलनका लागि
आजीवन प्रेमिल सहयात्राका लागि
जस्तै आधीहुरीमा पनि
साथसाथ रहने दृढ अठोटका लागि

हो, प्रिय
तिमीसँगको मिलनले
सुदृढ भएर
गन्तव्यमा हिड्न सिकाएको छ
सुन्दर भविष्यका
आकर्षक सपनाहरु सजाउन सिकाउको छ
फुल्न मात्रै होइन
खुला आकाशमा
दिल खोलेर हास्न पनि सिकाएको छ ।
मगमग सुबासिएर बाँच्न पनि सिकाएको छ ।

हेमन्तको कठोरता सहेर आएकी तिमी
बसन्तमा पलाउन र फुल्न जानेकी छौं
आफु फुलेर अरुका मनहरु फुलाउन पनि जानेकी छौँ
आफु पिडामा हुँदा पनि अरुलाई भुलाउन जानेकी छौँ ।

प्रिय
तिम्रो मिठो साथ र अनुपम प्रेमको
भुक्तानिको खातिर मसँग कुनै शब्द नै छैनन्
अब के लेखौँ म ?
तिमि नै बताउ ?
तिमीले दिएको माया, स्नेह र सम्मानका लागि
खै कहाँ खोजु शब्दहरु ?

कहिले कहिले
बेतोडसँग बतासिने
पवनदेखि डराउँछु म
एकान्तमा कतै
हलचल ल्याउने मनसँग आत्तिन्छु म
बजारतिर बरालिएका
गुनगुन आवाजहरुसँग तर्सिन्छु म
तर तिम्रो उपस्थितिमा
सबथोक बिर्सिएर मातिन्छु म

तिम्रो अलिकति हासोले म कति रमाउँछु
तिमीले मप्रति देखाउने प्रेमले
भित्रैभित्रै तरंगित हुन्छु म
र तिमीलाई आफ्नो हृदयमा महसुस गर्न सक्छु
हो प्रिय
यसरी नै खुसीले सुशोभित भएको
देख्ने चाहना छ जीवनभर

अनन्तसम्मको सहयात्रा र
अमर प्रेमका लागि शुभकामना प्रिय ।

बानेश्वर, काठमाडौं ।