अमित संग्रौला

अमित संग्रौला

जीवन भन्नु नै बाँच्नु हो
बाँच्नु नै जीवनको अर्थ र उत्कर्ष हो
म हुनु नै तिमी हौ
तिमी हुनु नै म हुँ

तिमी हृदयहरु हौ भने म मस्तिष्क हो
तिमी मुटुहरु हौ भने
त्यसभित्र रहेको मौनता
प्रियतम समवेदना हो म

यही नै जीवनको मुल्य हो र
जीवनको अर्थ तिमी हौ
तिमी बाच्नु नै मैले सास फेर्नु हो
मैले सास फेर्नु नै जीवनको सार्थकता हो

तिमी धर्ती हौ भने म माटो हो हावा हो
जहाँ तिमी महसुस गर्छौ
यही नै जीवनको मुल्य हो
अनि तिमी रहनु नै मैले सास फेर्नु हो ।

बिर्तामोड, झापा