कवि परिचय

भक्तपुरमा जन्मिएका कवि पूर्ण वैद्य (ने. सं. १०६० – १०४१) कविता र निबन्धमा गरी दुई पटक (ने. सं. १०८४ र ११०१) ‘श्रेष्ठ सिरपाः’ पुरस्कारबाट सुशोभित हुने लेखक हुन् । जनवादी गणतन्त्र कोरियाको पचासौं स्थापना दिवसमा सम्पन्न एशिया, अफ्रिका तथा ल्याटिन अमेरिकाका कविहरूको सम्मेलनमा उनको कवितालाई सहभागी कविहरूका कवितामध्ये सर्वोत्कृष्ट घोषणा गरिएको थियो । लाइब्रेरी अफ कांग्रेसले दक्षिण एसियाली साहित्य अभिलेखीकरणमा उनका १७ कविताहरूको वाचन सुरक्षित गरिएका छन् । अस्वीकृत साहित्य पुरस्कार (२००२) बाट पनि सम्मानित पूर्ण वैद्यका कविता र निबन्ध सङ्ग्रहका पुस्तकहरू प्रकाशित छन् । उनलाई मातृभाषातर्फ नेपाल प्रज्ञा नेपाल साहित्य पुरस्कार पनि प्रदान गरिएको थियो ।

एकाबिहान

 पूर्ण वैद्य

एक्लै
भररात
मैनबत्ती !
रत्तिभर चित्त नदुखाई
आफूलाई रित्याउँछ !
भोलि, बिहान हुन नभ्याउँदै
उज्यालो
कति हतार हतार
मेरो कोठाभित्रसम्म चहार्न पुग्छ !

तर … … …
सकिसकेको मैनबत्ती मुन्तिर
शहीदको रगतझैं
त्यहाँ — शान्त …
एक दुई थोपा मैन
शेष रहन्छन्

रुन्चे मुखले
उज्यालो, त्यहीँ नै घोप्टिएर
म्वाई खान्छ !

स्रोत: नेवारी भाषाका केही आधुनिक कविता (२०४९, नेराप्रप्र)