तिमी आज बिहानै आफैँ उठ्यौ
सधैँ मैले नै तिमीलाई उठाउँथेँ
कस्को यादमा आज चाँडै उठ्यौ
तिमी आफैँ कहिल्यै उठ्नु हुँदैन
आज तिमी आफू आफैँमा उठ्यौ
यसर्थ तिमीमा शंका छ आज।

कतै तिमी अरू कसैको भएका त छैनौ
मसँग राम्रोसँग बोल्दैनौ नि आजभोलि
कतै तिमी अरूसँग साटिएका त छैनौ
मलाई आफ्नो भनेका पनि त छैनौ
किन फेरि अरूलाई आफ्नो मान्छौ
मलाई तिमीमा शंका अनुभूति छ
यसर्थ तिमीमा शंका जस्तै छ आज।

उस्ले भन्यो तिमीमा शंका छ
अरूहरूले पनि भने शंका छ
हो कि हो कि हैन कि हैन कि
म आफैँमा विश्वासमा हैन कि
म तिमीलाई अपनाउन सक्दिनँ
म तिमीहरूलाई भुलाउन सक्दिनँ
सबै ठिक छ जस्तो अनि छैन जस्तो
यसर्थ तिमीमा शंकाको आभाष छ।

तिमी आज धेरै हास्यौ किन हो किन
तिमी यस्तो प्रकारले कहिल्यै हाँसेनौ
तिम्रो हाँसोमा डर छ आज मलाई
मेरो अनुभवमा यस्तो कहिल्यै भएन
तिम्रो हाँसोमा डर छ आज मलाई
तिम्रो खुशीमा डर छ आज मलाई
यसर्थ तिमीमाथि शंका छ आज।

तिमी आज बेकारण बेस्कन रिसायौ
तिमी आजकल रिसाउने भएका छौ
तिमी यस्तो पहिले कहिल्यै भएनौ
पक्का तिमी कसैसँग प्रेममा छौ
मसँग धेरै कुरा पनि त गर्दैनौ त
केही त गर्दैनौ मेरा लागि तिमी आज
यसर्थ तिमीमा शंका छ आजकल।