अविनाश भट्टराई

कति दृष्यहरु देखिए

आँखालाई काउकुती लगाए

र छोडेर गए ।

 

यति आवाजहरू सुनिए

कानहरू सुम्सुम्याए

र छोडेर गए ।

 

कैयौँ स्वादहरु चाखिए

जिब्रो पड्काए

र छोडेर गए ।

 

यस्ता सुवासहरु फैलिए

नाकभित्र घुमफिर गरे

र छोडेर गए ।

 

क्या स्पर्शहरू महसुस गरिए

छाला न्यानो बनाए

र छोडेर गए ।

 

तिम्रा प्रेमहरु पनि आए

हृदयभित्र बसे

र कहिल्यै छोडेर गएनन् ।