Chovar Blues Mobile Size

को हो त्यो जो सम्झिरहन्छ मलाई
र प्रियता पठाउँछ बाडुलीमा,
को हो त्यो जो कहिलदेखि
मनभित्र पसेर जान्दछ मलाई ?

बिनाहलचल पहिरो झार्छ मुटुको
बिनाप्रश्न बुझ्छ धड्कन
आँखामा पढेर मेरो मस्तिस्क
अर्थ्याउँछ सबै सूक्ष्म निजत्व ।

हो, उसैसँग गुनासो गर्नु छ मलाई,
भन्नु छ आग्रहबिनाको स्नेह लिनू
भन्नु छ अपनत्व सर्तसँग नदिनू,
मनको शृङ्गारलाई नपुछिदिनू ।

आत्माको न्यानो उसैको आगोबाट सल्किन्छ हरदम
र जिउँदो रहेको हुँ म,
बस्, भन्नु छ मेरो आत्मालाई ननिभाउनू ।