पहिलो भेटघाटमा वाक्य फुटेन
अन्तिम भेट घाटमा वाक्य जुटेन
उबेला पियारी बोलिनौ खै किन
योबेला पियारी म बोल्नै सक्दिनँ ।।
तिम्रै प्यारले घायल घायल बनी
भयो आज यो चिताको सिरानी
मृत्युनै रहेछ सत्य जन्मको रित यो
के बोल्छौ अब खै खरानी सित यो ।।
पहिलो भेटघाटमा जलायौ यो मन
अन्तिम भेट घाटमा जलाऊ जीवन
रुँदै व्यर्थ ती परेली भिजाउँछौ किन
म सुन्न सक्दिनँ म देख्न सक्दिनँ
तिम्लै फेरेको त्यो हावा म छोवौँला
आकाशबाट तिमीलाइ हेरौँला
हरेक सपनीमा म भेट्न आउँला
पहिले जसरी नै फेरि रमाउला ।।
प्रिया अब त हाँसेर देऊ न बिदाई
धेर दूर छ जानू ढिला भो मलाई
पहिलो भेटघाटमा हाँसेको चेहरा
अन्तिम भेट घाटमा बिन्ती नफेर ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
