सोच तिम्रा ती जब सगर छुन्छन्
जागी दिनु हे मानव तिमी
सगर तिम्रा ती कर्म छुन्छन्
जब जागी हिँडछौ तिमी तिम्रा सोच सरी
आश तिम्रा ती जब मनुष्य पारी
उडछौ हे मानव तिमी परी सरी
आश तिम्रा ती कर्मप्रति
तब जित्छौ तिमी तिमीलाई पुगे जति
सपना तिम्रा ती चम्कँदा तारा जस्ता
चम्किहिँडनु हे मानव ज्योति बनी
ज्योत तिम्रा होस् धर्म जस्ता
अनि बन्छौ ईश्वर बिना पनि भाग्यमानी
अनि बन्छौ ईश्वर बिना पनि भाग्यमानी।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला