कसैलाई थाहा छ?
समयभन्दा अगाडि
र
समयभन्दा पछाडि
कस्तो समय आउछ?
कसैलाई थाहा छ?
म्याद नाघेको ओखती,
कर्णालीले-
कति समयसम्म खान मिल्छ?
डाक्टरहरुले बिरामी मरेको
कति समयपछि
मृत घोषणा गर्न मिल्छ?
कसैलाई थाहा छ?
सत्तामा उडुस
कति समयसम्म बस्न मिल्छ?
नङको बिचमा राखेर
किचिमिची गर्दा पनि
हामीलाई नगन्हाउने
कस्तो समयको उडुस!
हर सेकेन्ड,
मिटर चढिरहेको ट्याक्सीजस्तो,
यो महँगी कती समयको लागि हो?
मलाई यो प्रश्नको जवाफ कसले दि
गरीब या गरीबी कुन पहिले सकिन्छ
के के लेखिएको थियो
समयको पानाहरुमा
कतिन्जेल झुक्नु पर्ने हो
हामी सिमानाहरुमा,
छिमेकीहरु घडी उपहार दिएर जान्
र
समय उपहार दिएको
फुर्ती लगाउछन्-
मानौं घडी चलेन भने
समय टक्क रोकिन्छ!
समयले सिकाएको छ,
रोगसँग लड्न सकिन्छ
शोकसँग लड्न सकिन्छ
तर भोकसँग लड्न-
समयले किन सिकाउदैन?
भोको छोरीले सुत्नेबेलामा
सधैं बुढो आयो भनेर
कतिन्जेल मानिरहन्छे?
इतिहासका ठेलीहरु खोलेको हेर्न
समय आँफै आएर बोलेको हेर्न मन छ
आइस् भने –
कति समयलाई आउछस्,
ए समय!
रत्ननगर नगरपालिका १५, चितवन, ने
हाल: टेक्सस, अमेरिका



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ मंसिर २०८२, बुधबार 








