सुरेश पाण्डेय
हामीले बोल्न हुँदैन
यो नेपाल हो
नेपालमा सरकारले जे चाहन्छ
त्यो गर्ने उसको अधिकार छ अरे
तेसको विरुद्धमा
हामीले बोल्न हुँदैन
यो नेपाल हो।
लाखौँ करोडौँ पैसामा बिक्छन्
देशको अखण्डता देशको स्वाभिमान
र नेपाल हाम्रो गौरवमय देश
सम्झौता गर्छन्
हामीले बोल्न हुँदैन
यो नेपाल हो
इतिहासमा वीर सम्झिन्थ्यो
यो वीरहरूको मुलुक हो भन्थ्यो
सिमानाभित्र पाइला टेक्न डराउँथ्यो
अहिले खुलेआम नेपाली भूभागमा
बाटो बनेको छ
सिमानाका जंगे पिल्लर
रातारातै भत्किन्छन्
चुँ बोल्दैन हाम्रो सरकार
हामीले बोल्न हुँदैन
यो नेपाल हो
भ्रष्टाचार हुन्छ
बलात्कार हुन्छ
हत्या हिंसा हुन्छ
हामीले बोल्न हुँदैन
यो नेपाल हो
राती सुतेका कलिला चेलीको
इज्जत लुटिन्छ
सत्यलाई लुकाइन्छ
निर्दोष लाई फसाइन्छ
हामीले बोल्न हुँदैन
यो नेपाल हो
सुर्खेत, बिरेन्द्रनगर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला