जनक रसिक
.

जनक रसिक

गुलाब होस् त मेरो जिन्दगी जस्तो !
.
कसैको कोमल स्पर्शमै
झर्दैनन् मेरा पत्रहरू
कसैको उन्मादको बतासमै
उडी जाँदैन मेरो अधरको सुगन्ध
कसैका कुटिल नजरको सामुन्ने
शर्माएर निहुरिँदैन स्वाभिमान
यो पहाड बन्छ
चट्टान बन्छ
सूर्य बन्छ
नदी बन्छ
गमला र बगैँचाबाट निस्केर
ब्राह्मण्डजस्तो फैलिन्छ ।
.
बिर्सेर प्रेमको परिभाषा
हे गुलाव ! आऊ मेरो समीप
म तिमीलाई जीवन सिकाउँछु ।