सुदर्शन पौडेल

ठूलो अवधि
सानो परिधि
पसिना बेच्यो
मुस्कान किन्यो
साँझ घरमा चुलो बलेकै छ
खुट्टा खोच्याएरै भए पनि
चल्नु जीवन चलेकै छ

सानो विवाद
ठूलो संवाद
ठूलो सोच
सानो संकोच
१०-१२ हजार सहकारीमा राखेकै छ
हप्तादिनमा एकचोटी त मासु पाकेकै छ

देख्नलाई सपना छँदैछ
भोग्नलाई दुःख
त्यो उद्रिएको कमिज खुटाउनु छ
साँझमा थोरै पिउने बानी छ, छुटाउनु छ
अरु त ! साँझ घरमा चुलो बलेकै छ
खुट्टा खोच्याएरै भए पनि जीवन चलेकै छ ।

स्याङ्जा