यकिना अगाध

शान्त बस्नु
मुर्दा हुनु हो ।

मुर्दालाई
न दिनको आशा हुन्छ
न रातको त्रास हुन्छ ।

मुर्दालाई
सबै बस्त्र खोसेर नाङ्गै पारे पनि
न लाज शरमले शीर तल झुक्छ
सबैभन्दा सुन्दर बस्त्रले शुशोभित पारे पनि
न गर्वले शीर माथि उठ्छ ।

मुर्दालाई
भोक, तीर्खा, अभाव केहीले पनि दुःखी बनाउँदैन
चौराशी व्यञ्जन, ऐशआराम, सम्पन्नता केहीले पनि सुखी बनाउँदैन ।

मुर्दालाई
अपमानको तीरले घोचोस कि
सम्मानको सलामीले उत्तेजित बनाओस
उसले कुनै प्रतिवाद गर्दैन
उसको कुनै प्रतिक्रिया हुँदैन ।
मुर्दा हुनु
संसारलाई त्याग्नु हो÷वेवास्त गर्नु हो ।

हामी बाँच्ने आशा साँच्नेहरु
संसारलाई माया गर्नेहरु
यो समय
किन शान्त भएर उभिईरहेका छौं ?