साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

सिसै कटाई बरु मर्नु राम्रो

कविता

Chovar Blues Mobile Size

लिम्पिया र लिपु हुन् हाम्रा छाती
धाबा बोलेको सम्प्रभुता माथि
सिसै कटाई बरु मर्नु राम्रो
छोडनै हुँदैन इन्च माटो हाम्रो

हेर्ने भए छ्न् सब प्रमाण लेखा
सन्धि पुराना तिम्रो काँ छ देखा
पल्टाऊ पौराणिक पुराण पाना
भए देखिनका अंग्रेज रवाना

शान्ति छ प्यारो बर्बर युद्ध भन्दा
बन्द गर त्यो मिचाहाको धन्दा
छोडिदेऊ त्यो अमूल्य रत्न हाम्रो
असल छिमेक भएर बस्नु राम्रो

भक्ति अमरसिंह नखाई लडेका
अंग्रेज त उनका शरणै परेका
ब्युँताउनु राम्रो इतिहास बरु त्यो
झुक्दै नझुक्ने मरे पो मरिन्थ्यो

कुमाउ गडवाल जित्दै बढेका
नालापानीमा अचम्मै लडेका
भोकोथ्यो पेट तिर्खा अति नै
लडने बेलामा डर थिएन कति नै

गोर्खालीको खुकुरी फेरि चम्किने छ
उस्तै परे रगतमा फेरि लतपतिन्छ
झुक्दै नझुक्ने वीर वंश हाम्रो
सही अडानमा अडिनुनै राम्रो।

प्रतिक्रिया
Loading...