जीवन तिवारी
सदियाैँदेखि
फूल भाेगिरहेछ
चुँडिनुकाे पीडा
अरुलाई जाेडेर
आफू आफैँबाट छुटिनु/टाढिनुकाे पीडा
फूल कहिल्यै फूल भएर बाँच्न
पाएकाे छैन ।
वर्षाैदेखि फूल
बाँचिरहेछ फगत मान्छेहरूकाे
प्रेम साट्ने माध्यम बनेर ।
मान्छेहरूकाे प्रेम देखेर
अचेल फूल पनि
प्रेमिल हुन थालेकाे छ ।
आजभोलि
फूललाई पनि फूलसँग
मान्छेकाे आँखा उपहार दिएर
प्रेम साट्ने रहर जाग्दैछ ।
रुपन्देही
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला