भरतबहादुर रानाभाट

 

मेरो मनको मन्दिरमा
सजिएको
तिम्रो तस्बिर
एकान्तमा लुकी लुकी
हेर्ने गर्छु
सिरसिर चल्ने
बतासको स्पर्समा
तिम्रै अनुहार मात्र
देख्ने गर्छु

टल्किएका शितका
थोपा भित्र
तिम्रै मात्र
आकृति भेट्ने गर्छु
बादलुको घुम्टो खोल्दा
तिम्रै मुहार मात्रै देख्छु
भावनाको तरङ्गमा
बहकिदा
तिम्रै साथमा हुने गर्छु

तिम्रो यादको झझल्को
किनकिन
यो मनको
एकान्तको आँसु बन्यो
एक्लो एक्लो हुँदाखेरि
बेहोसीको चाल बढ्यो
मेरो मन मस्तिष्कमा
सजिएको
तिम्रो तस्विर
मृत्यु जित्ने
दबाई बन्यो

हतास हतास
जिन्दगीको
दोबाटोमा
तिम्रो याद
जीवन
जिउने कला बन्यो
मेरो मनको मन्दिरमा
सजिएको
तिम्रो तस्बिर
यो मुटुको धड्कन बन्यो ।