कुमाराज सुबेदी
तिमी अन्धकारमा जून बनेर गहना माग्छ्यौ
म फूलका गहना दिएर
तिम्रो प्रकाशमा तृप्त हुन्छु।
तिमी प्रकाशले नुहाएर
फूलको अत्तर छर्छौ
म तिम्रो प्रशंसामा तिम्रै फूलबारीको फूल टिप्छु
र
दिन्छु तिमीलाई उपहार ।
तिमी खुरू खुरू ती फूल जम्मा गर्दै माला उन्छेउ
म तिम्रो माला लगाएर
तिम्रै चित्त बुझाउन
तिम्रो फूलबरीमा डुल्दै छु
किनकि,
प्रकाश तिमीसँगै छ
फूल तिमीसँगै छ
माला तिम्रै हो
फूलबारी तिम्रो
तर पनि
तिमीले मन भुलाउन म रोज्यौ
मैले तिमीलाई फकाउन
तिम्रो फूलबारी ।
दक्षिण अस्ट्रेलिया
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला