रुबन जोशी

रुबन जोशी

म चाहन्छु कि
तिमी मेरो प्रेमखानाको
अन्तिम खुड्किलोमा पाइलो राख्दासम्ममा
मलाई बिर्सिहाल
यो प्रेम
दिनको प्रहर फेरिएजस्तै
सम्झनामा फेरियोस् अनि अँध्यारोमा हराओस्
यस्तो होस् कि
तिमी यो प्रेमको खरीद मूल्य बिर्सिदेऊ
म पनि यसको बिक्री मूल्य बिर्सिदिन्छु
उति भएन भने यसलाई दुर्घटना मान
चाहना पनि एउटा दुर्घटना त हो
जे सुकै भन
यसलाई भूल भनेर नभन

कि भोलि फेरि घाम उदाउँछ
र यो पसलको ढोका उघ्रन्छ ।