सुजन वैरागी
तिम्रो कुन कुन प्रश्नको जबाफ दिउँ?
मैले नदिएको तिम्रो फोनको
नफर्काएको तिम्रो म्यासेजको
मलाई भनेर राखेकि स्टाटसको
खोजी खोजी फोटोमा गरेकी कमेन्टको
म हर प्रश्नको जबाफ दिनेछु
बस मलाई ठीक हुन देऊ
अहिले मसंग
आफैलाई पुग्ने सास छैन
निर्धक्क बोल्ने आवज छैन
हेरिरहन सक्ने नजर छैन
लेख्न सक्ने सामर्थ छैन
त्येसैले
अहिले केही नभन
म ठीक भए पछि
तिम्रो हात समाएर
तिम्रो नजरमा नजर जुधाएर
आफ्नै आवाजमा
तिम्रो हरप्रश्नको जबाफ दिनेछु
बस यति कामना गर प्रिय
कोभिडसँग मेरो हार नहोस ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला