

भाइ भाइ फुटाइदियो
संसार यत्रतत्र बनाइदियो ।
मै हुँ भन्ने राजा,
कस्तो दिन आयो आज ?
तन मन धन महत्व थियो
धन त अब भौतारिएर हिँड्यो ।
मै हुँ भन्ने राजा
कस्तो दिन आयो आज ?
प्रत्येक दिन समाचार भनेको छ त्यसले
एक जालो नै फिँजाएको छ यसले ।
मै हुँ भन्ने राजा
कस्तो दिन आयो आज ?
संसार दोस्त पार्न हिँडेका सामातियो
अनि चार भित्ता अहिले थुनाइदियो
मै हु भन्ने राजा
कस्तो दिन आयो आज ?



