


चेतन गलत
भूगोलको यो दुनियाँ देखेर
एक भूगोल घुम्न मन छ
स्वार्थीहरुको जमात यहीँ छ,
फेरि एकान्तमा रुन मन लाग्छ
आँखाबाट यी दृश्यलाई
कानबाट यी चिरबिर शान्त आवाजहरुलाई
कहिल्यै नमेटिने गरी
रात बिताउने खोँचहरुमा
सजिसजाउ राख्न मन छ
तर, मन मस्तिष्कमा
हाँसो र खुसीका यादहरु कमसल
अनि पीडा र वेदनाका यादहरु मझबुत हुँदा
केही क्षणमा खुसी स्खलित हुँदा
मनले सधैँ पीडाको चौकीदारी गरिरहेको छ
बाग्लुङ, ढोरपाटन नगरपालिका ५, चौर




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू