जस्तै भएनि आफ्नै देशको माया हुँदोरहेछ
परचक्रीले आँखा लाऊदा यो मन रुँदोरहेछ
लुटनेले सँधै लुट्नै पाए हुन्थियो भन्दोरहेछ
हक आफ्नो खोज्दा मुटु उसको काम्दोरहेछ ।।

नजर लाउँछ सधै उसले यही देशमाथि
मुखले मात्र भन्ने गर्छ हामी छिमेकी साथी
उसको भूमि जति भएनि खै पुगेको उस्लाई
यस्ता छिमेकी हुनुभन्दा नभए हुन्थियो जाती ।।

कहिले गर्छ नाकाबन्दी कहिले बनाउँछ बाटो
दुःख दिन्छ पटक पटक सहयोगको साटो
बिस्तारै बिस्तारै चलाखी गरी लादै छ उसले
यो देशको भूमि अनि पवित्र यहाँको माटो ।।

दार्जेलिङ र सिक्किम नि पहिले हाम्रै थियो
कठै हाम्रै यो बिडम्बना अहिले उसको भयो
यत्रो भूमि उसले आफ्नो बनाई रहदा पनि
अझै पनि पापी नजर कति लाउने हो नि ।।

खारेज गर्नुपर्छ अब नचाहिने सन्धिहरू जति
बढ्दै गयो उसको अन्याय र अत्याचार अति
गरे पहिले नचाहिने सन्धि सबै नसोचेरै रति
अब त अति भो खुल्नुपर्छ नेताहरुको मति ।।

यता बढाको बढाई छ कोरोनाले गति
यस्तो बेला नि गर्दैछ उसले यस्तो ज्यादति
जताबाट पनि हुदैछ मेरै देशको मात्र खति
अब त अति भो खुल्नुपर्छ नेताहरूको मति
अब त अति भो खुल्नुपर्छ नेताहरूको मति ।।