कृष्ण तामाङ

सेवाको पदमा बहालि भइ संसारै जितेझै थियो
खोजेको मनको सबै रहर आफैले खिचेझै थियो
भोलीको दिनको अतृप्त सपना साकार बन्ला भनी
खाई जागिर कर्मचारि जनमा संपन्न व्याक्ती बनी । (१)

आर्थीकै दुखमा परी जिवनमा जागीर राहात भो
साथी संगत जागिरे जिवन हर्षोल्लास बन्दै गयो
गर्दैमा दस पाँच जागिर पकाई चर्या बितेर गयो
सेवामा पनि आलताल गतिले चल्नेछ भन्ने भयो । (२)

पाईन्थ्यो तनखा कुरेर महिना धान्थेन कस्तै गरी
साँझैमा झुमियो पिएर मदिरा थर्काई टोलै भरी
थप्पैभो अब पौरखी तरन आफै थाति बस्ने भए
आस्था हार्दिकता इमान सब मासीदै गएझै भए । (३)

आफैले यसरी उचाइ भुलि कुर्सीको भरैमा परि
जीएरै यसरी बिछंद जिविका खेलेर चुक्ली थरि
ठूलाकै भरिया बनेर कतिले खाएर भ्रस्टै भए
देखाई सपना उकासि कति मालामाल बन्दै गए । (४)

आफै होइन भ्रष्ट संरक्षक आडैमा विगारी मती
सेवामा थपियो कलंकित छवी मेटिन्न कैलै रती
हौसी जागिरमा भुलेर कतिको ईमान सारा गयो
पुस्तौमा छरियो खराब कृतिभै बैमानि नामै भयो । (५)

झण्डाको बुइमा चढेर मचिदै वुर्कूसि मार्ने भए
नाताको बलमा उभेर कतिले जागीर खाँदै गए
मौकामा सुरिदै जितेर मनले धन्सार ताक्ने भए
आफन्तै भरमा खटेर बलले भन्सार माग्ने भए । (६)

सेवामा खटिदा हुकूमि पनको देखेर झल्को कती
एैलेको युगमा नि चाकरि गरी चल्दैछ सेवा गती
घुम्दै देश विदेश हाँसि खुशिमा घुम्दैछ बाठा कती
देखी चर्तिकला नबोलि थचिए ईमानि लाटा जती । (७)

सेवामा अधिकार हाबि गरियो कर्तव्य हार्दै गयो
व्यक्ती मालिकभै चलि मुलुक कंगालै बनेझै भयो
जन्ताको मनमा चुके हरदमै सत्कर्म खोजी गर्दा
बद्नामी सुरुभो कुबुध्दि धनमा टाँसेर झोली भर्दा । (८)

हौसी जागीरमा घमंड पनले औकात नाग्दै गयो
आर्जिए कतिले अहीत रितले खाएर मस्ती भयो
पुस्तामा कहिलै निदान नहुने पुस्तौनि रोगै सरी
घुस्खोरी भनि लेखियो अधरमा मेटिन्न जूनी भरी । (९)

लाभैको पदमा नमानि डर सेवा भाव सिध्दि गयो
कार्यावाहि नभै दिएर सुरक्षा प्रोत्सान मिल्ने भयो
के आन्दोलन संबिधान गरिबी जस्ता र तस्तै भयो
ईमान्दारि हराइ मानिस सबै बैमानि बन्दै गयो । (१०)

हार्दिक्ता मिचियो कठोर भइ आफ्नैमा पराई बनी
पाईला विचमा कमीसन चले चिम्लेर आँखा पनि
फैलीएर जरा गडेर विकृती संस्कार बढ्दै गयो
जागीरे मनको विवेक बिकिदा लाचारि जाग्ने भयो । (११)

आर्थिकै चल खेलमा उतम ब्यूरोक्रेसि बन्दै गयो
कार्वाही गरिदा नभै सहज अख्तीयार हैरान भो
शक्तिको भरले अटेरि बनिदै उन्मुक्ति पाए कती
डामेरै किन छाडिदैन तिनि भ्रष्टै काम गर्ने जती । (१२)

जागीरे गिरि जागिरे जिवन सेवा बाट पेशा भयो
त्यसैले उनको अधीर मनमा हौसी आज ऐसा भयो
जागीरे सब भ्रष्ट होइन कतीले गैह्र कामै गरी
सारामा दलियो मसो फगत एकै ड्याँग मूला सरी । (१३)

मन्त्री सांसद कर्मचारि दलनेता जागिरे भैगए
खाएरै नपुगी जगा जमिनमा दोहोन गदै गए
देखाई झन दौलती चरित्र गर्दैमा घमण्डै पनि
सेवामा कहिले खुलेर मनले जागीर खाने अनी ? (१४)

शार्दुलविक्रिडीत छन्द

भोजपुर