दिलीप अधिकारी

दिलीप अधिकारी

किनारा बसी नियाल्दै, जीव लोकनमा व्यस्त
सोच्दै छु ‘जल’ जीवनको सार्थक मन्त्र
प्रवाह यसको निश्चित छ गन्तव्य
जब लीन हुन्छ प्रवाह कुनै विशाल जलमा विलिन

सबै जीव को सञ्जीवन, आफैँमा आयुष्य
सानो देशमा बहने हजारौँ सञ्जीवनको मुहान
सुके कि सुकाइयो, आँशु देखिन्न माछाको जल अभ्यन्तर
म सानो माछा जमिनको, पर्वाह गर्दैन कृत्य मनुष्य

किनारा बसी मनन गर्दै छु, कहाँ होला यो जलको गन्तव्य
८३००० मेघावाट कि विदेशी भूमिको सिँचाइमा लिप्त
बालुवा,गिट्टी नदी किनारा हुर्केको वृक्ष होस् वा तृण
प्रयु क्तपरिस्थितिविज्ञानको अंश हो एक महत्त्वपूर्ण

बहँदै छु बहन देऊ पुकार्छ नदी यो
बहिरो कानागुजीले रोकेको गुफ्फाको द्वार त्यो
भ्रष्टनीतिको महलमा विराजमान कृत्य गणतन्त्र
सक्दैन रोक्न प्रवाह दक्षिण होस् वा पश्चिमी प्रभाव बढ्यो जलभित्र ।