गोविन्दराज ओझा
भेटौँला भन्थेँ तिमीलाई भेट नगरी छुट्टिनु पर्या छ
मेरो समय यस्तै भयो तिम्लाई छोडी जानु पर्या छ
तिमी साथ हुँदा मेरो मन कति खुसी थियो होला
माफ गर प्रिय मलाई अब भेट कहिले होला
तिमीदेखि टाढा त्यो शहरमा जानैपर्छ मैले
मिलन, बिछोड जिन्दगीको खेल सहनैपर्छ अहिले
मन मिल्यो, मुटु मिल्यो सँगै बाँच्ने बाचा गर्यौ
मनभरि पीडा, गहभरि आँशु बोकी आज टाढा भयौ
समयको खेल हो यो तिम्रो सम्झनामा बस्नुपर्ने भयो
कुनै समय त आउला भेट हाम्रो पक्कै होला
सँगै बसी आनन्दले जिन्दगी बिताउँला
तिम्रो मिठो मायामा खुसी भई म बाचुँला ।
दिपायल सिलगढी नगरपालिका वडा नं. २ दिपायल, डोटी, नेपाल
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला