प्रेमको नदी रोकिन्न कहिले बहन्छ निरन्तर
समय, सारथी बनाई बग्छ युगौँ-युगान्तर ।
लहरले कहिले छोडेर जाला, किनारा नदीको ?
सुवास कहिले झरेर जाला, सुन्दर फूलको ?
प्रेम त हुन्छ गहिराइमा खोजेर भेटिन्न ।
महसुस गरे मनभित्र हुन्छ मेटेर मेटिन्न ।
स्वास र प्राण एकाकार हुन्छन् प्रेमिल मनमा ।
पुतली उड्छन् फिजाई पङ्ख सुन्दर वनमा ।
तरङ्ग ल्याउँछ प्रेमले सधैँ बनाउँछ मन मगन ।
बादलले वर्षा गराएपछि चम्किन्छ नील गगन ।
मन त उड्छ अनन्तसम्म क्षितिज पारीमा ।
बसन्त ल्याऊ फुलाई फूल आ-आफ्नै बारीमा ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला