आफ्नै नाक कान घककाँटी पनि
छुन हुन्न कठैबरा
कोरोनाको कहरभित्र
क्वारेन्टाइनले वार्यो कोरा ।
के आयो कसरी आयो
कहाँ कहाँ जान्छ कसलाई खान्छ
कस्को होला यस्तो खेल
थाहै छैन यतीवबेला ।
औषधी नै घरमा बस्ने
नुन तातो पानी पानी खाने
रम्ने रहर भए पनि
भिँडभाडतिर जक्कादै नजाने ।
जानै कतै परे पनि
छ फिट पर वस्न माने
कोलाहल छ विश्व भरी
कहिले होला हराइ जाने ।
पुतली जस्तो नाक कच्नु पर्ने
थुनियो कोठामा कठैवरी
विश्वमा बलियो जात मान्छे
के विजोगमा पर्यो हरे ।
सवै कुरा हचुवा छन्
न डाक्टर न वैज्ञानिक
बडे बडे नेता पनि
आज यस्कै फेला परे ।
गर्जने बाघ झैँ कठै
तिनका नजर पनि झरे
यो कोरोना कहरले भने
सबै चीज थला परे ।
रहने हो कहिले सम्म
कहिले पाइएला रम्न
चिन्तै चिन्ता सबैतिर
पाइदैन कतै घुम्न ।
ग्लोब मास्क सेनिटाइजर
ल्यायो कोरोनाले कहर
स्वस्थ सास फेर्न पनि
हुने भयो हामीलाइ रहर।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला