साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
sp machapuchara cash back ads

कविता : बा, म नेपाल फर्कन्छु !

संसार नेपाली

बा ..
म थाकिसकेँ !
यो निर्दयी शहरले
मेरो शरीरका सारा रस लुटिसकेको छ
र यहाँ मैले गर्नसक्ने बाँकी केही छैन
त्यसैले अब म
आफ्नै देश आइ मर्छु
बा ..
म नेपाल फर्कन्छु !

बा ..
म हारिसकेँ !
केही कमाउन आएको मैले
यस ठाउँमा निकै धेर गुमाइसकेँ..
त्यसैले अब
बाँकी जे छ
आफ्नै देशमा आएर लगानी गर्छु
तर बा
जसरी हुन्छ
म अब नेपाल फर्कन्छु !

सम्बन्धित पोस्टहरु

लघुकथा- काण्ड

कविता- अन्तर

बा ..
म लडिसकेँ !
यो मरुभूमिको तापले
मेरा शरीरका छाला सबै डढिसकेका छन् ..
अब पनि म घर फर्किनँ भने
मेरो बाँकी देह समेत यहीँ डढिजानेछ
त्यसैले म
बरु कम पैसामै मजदुरी गर्छु
तर जे गर्छु
आफ्नै देशको पहाडमुनि बसेर गर्छु
बा ..
म नेपाल फर्कन्छु !

हिजो म
जे सोचेर आएको थिएँ
त्यो गर्न सकिनँ होला
भोलि म
जे सोचेर फर्कने छु
शायद त्यसो पनि नहोला !
थोरै शोक होला
धेरै थोक नहोला
तर पनि
कमसेकम् म
हजुर र आमासँगै त रहुँला
गाउँकै हाम्रो घरमा
सपरिवार सँगै बसुँला
होस् दु:ख, पीडा
जे होला, होला
गार्हो पर्दा हजुरहरुलाई
स्याहार्न त म हुँला
कमसेकम् त्यहाँ हुँदा
म आफू
आफू त रहुँला
त्यसैले बा
म अब यहाँ बस्दिनँ
म लम्कन्छु
बा ..
म अब नेपाल फर्कन्छु !

 

niti book inside post

गैँडाकोट, हाल: जर्मनी

प्रतिक्रिया
Loading...