केही मान्छेहरू छन् र त देश छ
जो आफ्नो अर्काको नभनि
मरिमेटेर काममा लागेका छन ।
केही मनहरू छन र त देश छ
जो देश र जनता भनेको माटो
र यसको सुगन्ध हो भनेर सम्झाइ रहन्छन् ।
केही विचारहरू छन् र त देश छ
जो मागे नमागे निस्वार्थ रायहरू पस्किरहेका हुन्छन् ।
केही कर्मयोगीहरू छन् र त देश छ
जहाँ योग्य सन्तान खातिर जय पराजय नभनि
घाँस र दाउरा गरिहन्छन् ।
केही सर्जकहरू छन् र त देश छ
जो बेलाकुबेला मातृ पुकार उतारेर
जन मन झक्झकाइरहन्छन् ।
केही धरती पुत्रहरू छन् र त देश छ
जो नबिर्सून सन्ततीले भनेर
अबिरल पुर्खा गौरव गाथा बाँचिरहेछन ।
केही थान हिमाल छन् र त देश छ ।
जो खवरदारी गरिरहेछन यो पूण्यमूमी अकन्टक रहोस भनेर ।
केही थाननदी छन् र यो देश छ
जो सिंचित गर्छन धरती
र मन मुहार सधैं खुलोस भनेर
धन्न पशुपति छन् र त यो देश छ
छुरा लुकाएर आन्द्रा भुडी लुछ्न
तयार कुलगाँरहरू भष्मिभूतगर्न भनेर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।