शरद्शोभा
युग चेतना
मनास्लुको काखमा
पृथ्वी उदय !
माधुर्य सिन्धु
विस्तारित हृदय
लोकोपकारी
धन्य पृथ्वी कल्पना
हाम्रो सौभाग्य धारा !
गुरुत्व केन्द्र
वायुसँग बहँदै
छर्छ सुगन्ध !
सृष्टि सौन्दर्य
दूधभित्र मख्खन
दिव्योपदेश
दिव्य कान्ति तरङ्ग
दिव्य समृद्धि ढङ्ग !
नव जागृति
पुनर्जागरणको
पृथ्वी जयन्ती !
धानका बाला
हेरि मुस्कुराउँछन्
साझा धर्तीको
हिउँको पाखाभरी
पहेँला तोरीबारी !
इन्द्रेनी प्रभा
रैथाने प्रतिमान
राष्ट्र निर्माता !
महाङ्काल – ४, कालेश्वर, ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला