

घरबन्दी भएको दुई महिना भयो
फैलन रोक्न केही त गरेकै हो
चलाउन जीवन अब चै गाह्रो नै भयो
बन्दको विकल्प अब सोच्ने बेला आएको हो ।
नेपालीको घरफिर्ता रोक्ने कसरी ?
क्वारेन्टाइन, आइशोलेशन बनेनन्
अझै पुग्नेगरी
समय त दिएकै हो
फैलिएर सुस्त गरी
किन हुन्छ ढिला संधै काम सरकारी यसरी ?
स्थानीय सरकारको देखियो चाल
प्रदेशको गुनासो छ सधैं
भएन रे उसको अब्बल कार्यकाल
संघमाथि नै शका भयो
उड्ने पो हो कि रङ्ग
सब मिलि कहिले हो पार्ने जनतालार्ई दङ्ग
पीसीआर, टेस्ट किन नबढाको
मेसिन चलेन, किट पुगेन
विपद्मा यस्तो के गरेको ?
दिन खोज्छु सधैं धन्यवाद मन भित्रैबाट
‘यो त अति भो’ निस्किहाल्छ फुत्त मुखबाट ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू