श्याम सुन्दर सँयजु (वि. सं. १९९६) पनौतीमा जन्मेका लेखक हुन् । पत्रकारितामा पोष्ट ग्राजुयत गरेका उनी गोरखापत्र दैनिकका सहसम्पादक थिए । उनले नेपालभाषामा कविता, निबन्धमा हात चलाएका छन् ।
सागर
- श्यामसुन्दर सँयजु
सागर
बुँदहरूको सुषुप्ति
ऊ विस्तारमा बोध हुन्छ ।
ऊ आफ्नो गहिरो संवेदन
छालहरूमा पोख्छ ।
सागर आकाशमा डुलेर
नदीहरूको बाटो हेर्छ
पूर्णिमाको दिन सागर
बुंदबुंदमा मस्कन्छ ।
सतत प्रवाहको थकान मेट्न
सागर खेतखेतमा
भदौरे घाममा सुस्ताउँछ ।
सागर तरंग तन्द्रामा
कुलो कान्लाको सपना देख्छ ।
अनुवाद: कवि स्वयं
स्रोतः त्रिवेणी काव्य (२०४९, सं. नरेन्द्रबहादुर श्रेष्ठ)
मूल नेपालभाषामा
समुंदर
- श्यामसुन्दर सँयजु
समुंदर
लः फुतितय्गु सुषुप्ति
वला चकनाय् बोध जुइ ।
वं थःगु मनया खँ
लबुइ प्वंकी ।
समुंदर सर्गतय् चाःहिलाः
खुसियागु लँपु स्वः जुइ
पुन्हिया दिन समुंदर
फुतिफुती तिंन्हुइ ।
न्ह्याना च्वनेगुया त्यानुलंकेत
समुंदर बुँबुँ पतिकं
यँलाया निभालय् झासुलनी ।
समुंदर तरंग तन्द्राय्
घःघः व गाःगाःया म्हगस म्हंकी ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।