साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

कविताः आमा

Chovar Blues Mobile Size

सुशील लामा

धेरैपछि आज रातको सपनामा
तिमी सुटुक्क आयौ
तिम्रो यादले चरचर चर्केको
छातीभित्र रहेको मुटुमा
तिम्रो यादले रगत बग्न छाडेको धमनLमा
पुनः ताजगीपनमा ल्याएर
सुस्ताउन लागेको मेरो मुटुको धड्कनलाई
सही स्थानमा ल्यायौँ

मैले फेरेको प्रत्येक हावाको कणमा
तिम्रो मायाको पेचिलो झोक्काले
जीवनको विकल्प मृत्युको गाउँपुग्ने
गोरेटो दुरदुर बनाएको आभास ल्याउँछ
भोगले व्याकुल भएर छट्पटी रहँदा
मेरो मनको स्पर्शले
तिमीले कोखाई-कोखाई भनेर
जबर्जस्त मेरो स्यानो भुँडी
पुटुक्क हुनेगरी खुवाएको बालापनको
सम्झनाले मुटु कलेजो चिराचिरा पार्छ ।

आमा सम्झानाको तरेलीमा
तिम्रो मायाको विजारोपणले
ममताको अंकुरण हुँदा पल्लवन भएर
फूल वर्षाको महत्वसम्म लगाएर
जिउने जिम्मा लिएको छु ।

आमा धेरैपछिको सपनामा भएको
तिम्रो आगमनले
सानदार खुशीको रौनकता ल्याएको छ ।
सानदार…

हालः साइप्रस

प्रतिक्रिया
Loading...