
तिमी आफूलाई पाउँछौं, कहाँ ?
खुशीमा ? हमेशा टिक्दैन !
दुःखमा ? आँसु पनि त एकछिनमा ओभाउँछ
कसैको साथमा ? क्षणिक छ
मायामा ? मिठो भ्रम हो
लक्ष्य प्राप्तिमा ? एकपछि अर्काको फेहरिस्त
आफैंमा ? बडो दार्शनिक भनाइ मात्र हो
एकान्तमा ? ध्यान एकदिन टुट्छ नै
भैतिकवादमा ? यहाँ त भावना पनि वस्तु बन्छ
एक्लोपनमा ? मात्र भावनाको चाङ हो
आस्थामा ? यो बोकेको कुकुर सरह हो, भन्छन् यस्ताले मृग मार्दैन
प्रयास, खोजी, चेतना, सपना, अध्ययन, तिरस्कार, सम्मान कहाँ त ?
तर, आखिरीमा यसको उत्तर यही प्रश्नवाचक चिह्न नै हैन र ?
हामी सबैभन्दा बढी प्रश्नमै त भेटिन्छौं ?
यस्ता प्रश्न
जुन, जिम्मेवारदेखि अति लापरवाहसम्मका हुन्छन
यिनले ‘चोर औंला’ आफैँतिर फर्काउन सिकाउँछन्
हत्तपत्त आफैँलाई सोध्दैन अटेरी छ,
तर, जबजब आफैँलाई प्रश्न गराउँछ, तबतब वास्तविक आँफू पाउँछ
हो, त्यसैले, सायद मानिसले आँफूलाई प्रश्नमा नै पाउँछ !
जसले कुनै विन्दुमा स्वंय परिचय माग्न पछि हट्दैन
अनि, मानिस आफैँलाई उत्तर दिँदै जान्छ
एकपछि अर्को, अर्कोपछि फेरि अर्को
अनि जीवनभर गतिलो उत्तर दिने प्रयासमै
मानिसले एकदिन चिर निन्द्र लिन्छ
यस्तो निन्द्र जसले समादी लिन्छ
त्यसैले मैले त आफूलाई प्रश्नहरुमा पाउने गरेकी छु
अनि तपाईंले ?
झापा, बिर्तामोड



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

