

उत्साहित छु आज उनी आउँदै छिन
मिलनका सपना बुनी आउँदै छिन ।।
पीड़ा त होला घर आँगन छोड्नुको
पक्कै मेरो चित्कार सुनी आउँदै छिन ।।
लोटपोट भुइँमा नजानु भन्दा छोरीले
बगेका ती अश्रुभेल थुनी आउँदै छिन ।।
सजिलो पक्कै पनि छैन परिदृश्य त्यो
हजार भावना मनमा गुनी आउँदै छिन ।।
छुटेका ती पलहरूलाइ बिर्सिएर फेरि
बाध्न अंगालोमा जुनी जुनी आउँदै छिन ।।



