प्रतिरोध कार्की
आफैँ हिँडेको गोरेटो
भर्खरै भेटेजस्तो
सपनाको इन्द्रेणीमा
जीवन नियालेर हेरिरहेँ !
००
पृथ्वीभित्रको सानो आकारमा
अर्धशून्य नजर
अस्तित्वको लागि
हिउँको सागर
वरिपरि घुमिरहेँ !
००
अन्तिम पटक
गोरेटोभित्रको दोछायाँमा
आफ्नो अनुहार हेरेर
आफैँले आफ्नो छायाँ देखेपछि
छायाँ हराउनु पर्ने
तर,म हराएँ !
लिखुपिक–४, सोलुखुम्बू
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला