सुरज उपाध्याय
१.
म चाहन्छु
तिमी सधैँ खुसी रहनु
तिमीसँगको भेटमा
धेरै पटक
आँसु नझारी रोएको छु
मलाई राम्रैसँग थाहा छ
यदि तिमीसँग आँसु झारेर रोए भने
तिम्रा हरेक दिन
मेरा दिनहरूजस्तै हुने छन् ।
२.
म तिम्रै वरिपरि हुने छु
फरक यत्ति हो
तिमीलाई थाहा हुने छैन
मलाई थाहा हुनेछ
३.
सक्ने छैन
अहं कहिल्यै सक्ने छैन
तिमीले दिएको खुसीको गुन
कहिल्यै तिर्न सक्ने छैन
भौतिक दुरीमा जतिसुकै टाढा भए पनि
म तिमीसँगै छु
तिमीभित्रै छु
फरक यत्ति हो
तिमीसँग म भएको
तिमीलाई कहिल्यै थाहा हुने छैन ।
४.
आकाशका ताराहरू
कहिल्यै खसेर सकिने छैनन्
तिमी जहाँ भए पनि
तिम्रो मुस्कान मसँगै छ ।
पोखरा
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला