जीवन एउटा गीत बन्छ गाउन जानेदेखि
जीवन एउटा संगीत बन्छ तरङ्ग भर्न जानेदेखि
तर
के गर्नु साथी मलाई पनि मीठो धूनसँगै
गीत गाउने रहर कहाँ नभएको हो र
नियतिले दिएको चोटहरूलाइ
अमृत मानी नपिएको कहाँ हो र
तैपनि एउटा अदृश्य गन्तव्य छ
जीवन र्डोयाउन को लागि
अनि त्यस्को सामुन्नेमा छ अजङ्गको पहाड
हर साँझ उशाको किरणले बिदा मागेपछि
मेरो सपनीमा आउछन्
ती गन्तव्यमा पुगेपछिका सुन्दरदृश्यहरू
जसलाइ पाउने आशामा
म मेरो पूरै जीवनको पाइलाहरूलाई चालिरहेछु
इतिहासका पुर्खाहरूको पद्चापलाई पछ्याउँदै
अगाडि बढी रहेछु
अनि झसङ हुन्छु पहाडमा ठोक्किँदा
फेरि पनि प्रयास गरिरहेछु
लाग्छ एकदिन म अवस्य पुग्नेछु त्यहाँ
अनि सारा विश्व नियाल्नेछु
आफूलाई त्यहाँ पाउनेछु
शान्त सौम्य पूर्ण मानव तर ब्राह्मण देखि बाहिर !