अथक अथक दौडिरहे, जीवनरुपी यो बाटोमा,
आदि-अन्त छैन केहि, धस्सिदै छु यो माटोमा ।
बिशाल छ यो द्वन्द हे, बिरोध यहाँ आफ्नै छ
आकाश स्वच्छ छ तर, यो मन मेरो दरिद्र छ ।।

फेरियो दिन-फेरियो रंग, आयो हे नयाँ ऋतु,
उडौ हे दैव कसरी, आफैमा जो म कैद छु ।
अमृतको यो वर्षाले, मन मेरो पखालेन
पखेटा यी बेकामका, हावालई चिर्न जानेन ।।

स्राप मेरो यो आफैलाई, दोष कसैको छैन,
स्राप मेरो यो आफैलाई, दोष कसैको छैन ।
क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन
क्रान्ति यहाँ व्यर्थै छ, स्वतन्त्र जो म छैन ।।