वन्दना गौतम (म्यान्मा)

अत्याचारको विरूद्ध बुलन्द

आवाज लिएर निहत्था युवाहरू

सडकमा उत्रिएका के थिए

देश रक्षकको आवरणमा

असुरको आक्रमण हुन्छ

सन्तानहरू सुरक्षित रहुन्

यही धेय लिएर

करूणा, ममता र स्नेहले ओतप्रोत ध्वनि

भाग भाग भाग …..

एक नाश गुञ्जिन्छ घटनास्थलमा ।

मानवता हराएका मन

मस्तिकमा असुर नै सवार भएझैं

अनियन्त्रित सेनाका गाडी

आन्दोलनकारी, निहत्था युवाहरूको

छातीमाथि गुडाइन्छ ।

भाग्न नसकेकाहरू लडिरहे

अनायास छातीमा गोली हानी दिन्छन्

असुरहरू ! एकापट्टि भागाभाग चलिरहेको छ

अर्कोपट्टि लडिरहेको छ

साथी आफू मात्र जोगिने,

आफू बाँचे भैगयो भन्ने

एकलकाँटे स्वभाव नभएको प्रमाण दिएका छौ ।

साथीको निम्ति आफैँ पक्राउमा

परेका छौ लाखौं मानिसका

हृदय आँशुले भिजेको योबेला ।